तनहुँ। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा उम्मेदवार विद्यानाथ ढकाल पार्टीको आन्तरिक छलफल तथा रणनीति निर्माणमा व्यस्त रहेका छन्। नेपाली कम्युनिष्ट पार्टी तनहुँका अध्यक्ष सूर्यबहादुर गौलीका अनुसार ढकाल हाल पार्टीका आन्तरिक बैठकमा सहभागी हुँदै निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ता तथा सम...