बदलिएको झाँगाझोली

झाँगाझोली

तीन वर्ष अगाडिसम्म मानिसहरुको आवत जावत अत्यन्त न्यूून थियो । तीनखोले मन्दिर जाने बाटो हिलाम्बे हुुन्थयो भने झाँगाझोली¬–दरगाउँ सडकको टय्राक समेत खुुलेको थिएन । जंगलको बाटो भएकोले एक्लै दुुक्लै मानिसहरु हिड्न डराउँथे । घासँ दाउरा गर्न पनि समुुहमा हिड्नुु पर्ने बाध्यता थियो । अहिले झाँगाझोली पहिलेको जस्तो छैन । रमाइलो छ, मनमोहक छ । वरीपरी हरियो जंगलले सिंगारिएको छ । छुुट्टै पहिचान बनाएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ ।

तनहुुँको शुुक्लागण्डकी नगरपालिका वडा नं।६ मा रहेको झाँगाझोली तीन वर्ष यता पर्यटकको आकर्षक केन्द्र बन्न पुुगेको छ । पूूर्वाधार विकासले तिव्रता पाए सँगै यसको मुुहार नै फेरिएको छ । झाँगाझोली पुुग्ने सडक मार्गहरु तीनखोले मार्ग र झाँगाझोली–दरगाउँ सडक मार्गलाई संघीय सरकारले उच्च प्राथमिकता दिएको छ । शहरी विकास मन्त्रालयले झाँगाझोली–दरगाउँ सडक मार्गलाई विगत दुुई वर्ष देखि नियमित बजेट विनियोजन गर्दै आएको छ भने तीनखोले मार्गको खैरेनीटार–झाँगाझोली सम्म सडक डिभिजन कार्यालयले कालोपत्रे गर्ने कार्य सम्पन्न गरिसकेको छ । अब दुुवै सडक मार्गबाट झाँगाझोली सहज रुपमा पुुग्न सकिने भएको छ ।

पृथ्वी राजमार्ग खैरेनीटारबाट साँढे दुुई किलोमिटर दुुरीमा रहेको झाँगाझोली प्राकृतिक सुुन्दरताले भरिपुुर्ण मानिन्छ । वरीवरी हरियो घना जंगल, सङ्लो कुुम्ले खोलाको सुुसेली, दरगाउँमा रहेको कोट मन्दिर, नजिकै रहेको घुमाउने झरना, मुुलत विभिन्न प्रजातीको चराचुुरुङ्गीको वासस्थान, प्रसिद्द तीनखोलेदेवी मन्दिर, झाँगाझोली क्षेत्रमा स्थापित विभिन्न मठ मन्दिर समेतले यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित हुुँदै गएको छ ।

चालुु आर्थिक वर्षको चैत्र महिना सम्म झाँगाझोली अवलोकन गर्ने पर्यटकहरुको संख्या ३० हजार भन्दा बढी भएको झाँगाझोली भिलेज रिसोर्ट प्रा।लि।का प्रबन्धक निर्देशक शंकर प्रसाद अधिकारीले जानकारी दिए । सडक कालोपत्रे सम्पन्न भए सँगै पर्यटकहरुको संख्या हवात्तै बढेको अधिकारीले बताए । दैनिक तीन सय भन्दा बढी पर्यटकहरु अवलोकनका लागि झाँगाझाली आउने गरेका छन् ।

झाँगाझोलीमा पर्यटक बढे संख्या रात्रीकालिन बसाईका लागि झाँगाझोली भिलेज रिसोर्टले आरामदायी अत्याधुुनिक कोठाहरु वृद्दि गरेको छ । आरामदायी र सुुविधा सम्पन्न बसाईका लागि समुुहमा ४०÷५० जना सम्मलाई सेवा दिन सकिने रिसोर्टले जनाएको छ । विभिन्न जातका फलफूूलको बँगैचा, सयाँ प्रजातिका जडिबुुटी उद्यान, विभिन्न जातजातिले प्रयोग गर्ने लोपोमुुख सामाग्रीहरुको संग्राहलय, प्रदर्शनी तथा विक्रीवितरण, सातवटै प्रदेशका विभिष्टीकृत सामाग्रीको प्रदर्शनी तथा विक्री वितरणका लागि प्रादेशिक कोसेली घर, विभिन्न प्रजातिका रुखविरुवाहरु, विभिन्न मठमन्दिरहरु झाँगाझोलीका थप विशेषताहरु हुुन् ।

“तनाव व्यवस्थापनका लागि झाँगाझोली”, “झाँगाझोली तनहुुँ–एक अनुुुपम अनुभूूति” जस्ता नाराहरु जताततै देख्न सकिन्छ । अवलोकन गर्नेहरु भन्छन् एक पटक अवलोकन गर्न आउनै पर्ने ठाउँ रहेछ । नारा जस्तै अनुुभूूति भयो । झाँगाझोलीमा रहेको सिन्धुुली–सुुनकोशी गाउँपालिका निवासी ९० बर्षिय आमा गौरादेवी दाहालको नामबाट निर्मित गौरादेवी नेचुुरल हर्वल पार्क जडिबुुटी बारे अध्ययन, अनुुसन्धान गर्नेहरुका लागि अध्ययन केन्द्र समेत बनेको छ । अध्ययन अनुुसन्धानमा चासो राख्नेहरुले हर्वल पार्कबाट भरपुुर फाइदा लिन सक्नेछन् । विभिन्न प्रजातिका चराहरुको वासस्थान समेत भएकाले चरासम्बन्धी खोज गर्नेहरुका लागि समेत झाँगाझोली क्षेत्र एउटा अध्ययन केन्द्र बन्न सक्ने देखिन्छ ।