तनहुँ, साउन २२ गते । तनहुँको बन्दीपुर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन प्रक्रिया अघि बढाएको छ । वर्षौँसम्म एउटै व्यक्ति प्रधानाध्यापक भइरहने परिपाटी र सिन्डिकेट अन्त्य गर्दै नयाँ नेतृत्वमार्फत शैक्षिक सुधार ल्याउन गाउँपालिकाले यो कदम चालेको हो । गाउँपालिकाले शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ अनुसार पालिकाभित्रका ...