सुलीकोट, असार २२ गते । गोरखाको गण्डकी गाउँपालिका–७ र ८ घ्याल्चोकका व्यावसायिक तरकारी किसान उत्पादनले उचित मूल्य नपाउँदा गम्भीर समस्यामा परेका छन्। लागतसमेत नउठ्ने गरी व्यापारीले मूल्य तोकेपछि केही किसानले विरोधस्वरूप सडकमा भण्टा फाल्न थालेका छन् भने बोडी बारीमै छोड्न बाध्य भएका छन्। स्थानीय किसान देवन्द्र भुजेलले दुई क्विन्टल भण्टा बजार पठाउन टिपाइ, बोरा तथा अन्य खर्च गरी करिब ६८० रुपिया...