भवानी आमा समूहद्वारा बाढी पीडितलाई पचास हजार सहयोग

दमौली,तनहुँ। धुपखोला टोल विकास संस्था र भवानी आमा समूहका आमा दिदीबहिनीहरूले हरितालिका तिजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम रद्द गरेका छन्।
उनीहरूले कार्यक्रमका लागि छुट्याएको रकममा थप गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५०५५५ सहयोग गरेका छन्।
यो सहयोग २०८३ साल भदौ१० गते रसुवा, नुवाकोट, धादिङलगायतका स्थानमा गएको बाढीबाट पीडितहरूलाई राहत पुर्‍याउने उद्देश्यले गरिएको हो।
समूहका सदस्यहरूले तिजको परम्परागत कार्यक्रम त्यागेर बाढी पीडितहरूलाई सहयोग गर्न उचित ठानेको जनाएका छन्।