तनहुँ
तनहुँको म्याग्दे गाउँपालिका–५ साउने पानीस्थित एक कटेजमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले २०८२ साउन २८ गते साँझ ६ः२० बजे उक्त कटेजमा छापा मारेको हो। प्रहरीका अनुसार दिलमाया आलेको घरमा भाडामा बस्दै आएका कमल रानाले सञ्चालन गरेको कटेजमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन्। घटनास्थलबाट चार बुक तास नगद ६३ हजार २६० रुपैयाँ बरामद गरिएको छ।
पक्राउ पर्नेहरूमा दैलेख ढुङ्गेश्वर गाउँपालिका–१ घर भई हाल शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारामा बस्दै आएका ३५ वर्षीय इन्द्र बहादुर डाँगी, म्याग्दे गाउँपालिका–५, साउनेपानीका ४० वर्षीय कमल राना, शुक्लागण्डकी नगरपालिका–७, नमुना बस्तीका ५५ वर्षीय अङ्ग बहादुर तामाङ,शुक्लागण्डकी नगरपालिका–७, खैरेनीटारका ५१ वर्षीय उपेन्द्र तिम्सिना , भिमाद नगरपालिका–८, भाँगरका ४५ वर्षीय राजु थापा , सोही ठाउँका ५२ वर्षीय केशवराज कँडेल रहेका छन्। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलचौतारामा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी अशोक थापाले बताए ।

उथल पुथल 








