(टिकापुर) टिकापुर–४बागमाराका ४२ बर्षे टेकेन्द्र धामीलाई येतिबेला केराको बुकिंग लिन र माग भएको ठा“उमा पठाउन भ्य“ाइनभ्या“ई भएको छ । दैनिक ४÷५ वटा गाढी उनको केराबारीबाट नेपालका पुर्वी शहरतिर लाग्छन । दिनमा एक गाडी धनगढी, अत्तरिया, डडेल्धुरा दिपायलका पठाउने गरेका छन ।
धामीले केराका थोक बिक्रेताहरुलाई सम्र्पक गर्ने र पठाउने काममा उनको दिनभरनै बित्ने गरेको बताए । उनको १३ बिगाहा जग्गामा लगाएको केरा प“ाक्ने समय भएको छ । करिव चार सय मेट्रिक टन उनको केरा उत्पादन हुने देखिएको छ । उनी त्यसैअनुसार ब्यापारिकको केरा बुकिंग लिइरहेका छन ।

धामीको केराबारीबाट मात्रै होइन् , टिकापुर क्षेत्रबाट देशभरमा दिनमा दर्जन गाढी केरा बोकेर देशका बिभिन्न भागका लागि चलानी हुने गरेका छन । पश्चिम नेपालमा केरा खेतीलाई ब्यवसायिक रुपमा उत्पादन गर्ने क्षेत्रको रुपमा कैलालीको टिकापुर पर्छ । यहा“का किसानहरुबाट उत्पादित केरा अहिले राजधानी काठमाण्डौं, पोखरा, बुटवल, धनगढी लगायतका शहरमा पुग्न थालेका छन ।
दाङ देखि पश्चिममा सवैभन्दा बढी हेक्टरमा केराखेती टिकापुर क्षेत्रमा गरिने गरेको तथ्यांकमा देखिन्छ । यस क्षेत्रमा ब्यवसायीक रुपमा केरा खेतीगर्ने किसानको सख्या ३ सय ५० भन्दा बढी छन । कुल ५ सय हेक्टरमा केरा खेती हुने गरेको छ । केरा प्रति हेक्टरमा ३५ मेट्रिक टन उतपादन हुने गरेको छ । यस हिसावमा बार्षिक साढे १७ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ ।
केरा ब्यवासयीक संघका सचिव समेत रहेका धामीले पछिल्लो समयमा टिकापुरका केरा देशका बिभिन्न शहरमा पठाउन सकिएको बताए । ‘टिकापुरका किसान केराखेतीमा अझै धेरै लगानी मेहनत गरेर देखाउन सक्छन’ उनले भने,‘तर सरकारले भारतबाट हुने केरा आयात समवन्धी केहि निती नियम बनाइ दिनु पर्ने अवस्था आएको छ ।’ उनले भारतबाट आयत हुने केरा संग नेपाली उत्पादन केराले बजार मुल्यमा प्रतिस्पर्धा गर्न नसकेको बताए ।
उनका अनुसार सरकारले नाकामा केराको गुणस्तरजा“चमा मात्रै कडाइ गरिदिदा पनि नेपाली केराले बजार पाउने छ । ‘भारतबाट गुणस्तरहिन बिषाधीयुक्त केरा सस्तो मुल्यमा नेपाली बजारमा आउछ’ उनले भने,‘ लागत बढी भएको नेपाली केराले भारतको केरा संग प्रतिस्पर्धा गर्न सकेको अवस्था छैन ।’उनका अनुसार किसानले प्रतिकिलो कोशा ३० रुपैयामा ब्यपारीलाई बेच्नुपरेको बताए ।

आधुनिक प्रविधिमा ब्यवासायिक केरा गर्नका लागि किसानले थुर्पै समस्या र चुनौती भने भोक्नु परेको बताए ।
रानी जमरा कृषि कार्यक्रमका प्रमुख गोविन्द जोशीले केरा किसानलाई रानी जमरा कृषि कार्यक्रम अन्र्तगत प्राविधिक ज्ञान तथा मिशनरी औजारमा अनुदान सहयोग पुगाउदै आएको बताए । उनका अनुसार रानी जमरा सिचाइ आयोजनाको कृषि कार्यक्रमले आयोजनाको सिचिंत क्षेत्र भित्र पर्ने किसानलाई बिभिन्न खाल कृषिजन्य प्रविधि बिकास र ज्ञानमा सहयोग गर्दे आएको छ । उनले १० कट्टा भन्दा बढी जग्गामा ब्यावसायिक रुपमा केराखेती गर्ने किसानलाई अनुदान दिने गरेको छ ।
‘केराको लागत मुल्यको मुल्याकंन गरेर प्रति बोटमा ५० प्रतिशत र अन्य प्राविधिमा ७५ प्रतिशत सम्म अनुदान दिईने गरेको छ’ उनले भने, अहिले सम्म टिकापुरका ३ सय ५० केरा किसानलाई सहयोग पुगाईएको छ ।’उनले बिशेषगरि केरोको बेर्ना, थोपा सिचाइ, र मलखादमा बढी अनुदान दिएको बताए ।
उनले स्थानिय केरा किसानको केरा पकाउनका लागि च्याम्वर खरिदका लागि १ करोड ९० लाख अनुदान दिएको समेत बताए । तर अनुदान लिनेले बिभिन्न कारण सञ्चालन लन गर्न नसकेको बताए ।
टिकापुरमा किसानलाई केराखेती तर्फ आर्कषण गर्नमा कालु हमालको महत्वपुर्ण हात रहेको रहेको छ । चितवनको रामपुर कृषि क्याम्पसबाट स्नातक तह पुरा गरेर कर्मथलो टिकापुर बनाएका हमालले केराखेतीमा राष्ट्रिय पहिचाननै बनाएका छन । उनको टिकापुरमा बनानज रेष्टिुरेन्ट पनि छ । उनले केराकै बारीमा खोलेको रेष्टुरेन्टमा केराको रक्सी , वाईन , अचार, चटनी लगायतका २८वटा आइटमहरु बिकास गरेका छन । टिकापुर घुम्न आउनेका लागि पछिल्लो समयमा हमालको बनानज रेष्टुरेन्ट एक गनब्त्वयनै बनेको छ ।

उथल पुथल 









