दमौली, तनहुँ।
लियो क्लब अफ तनहुँले बाढी पहिरो र प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११,१११ जम्मा गरेको छ।
क्लबका अध्यक्ष लियो मुकेश विदारीको नेतृत्वमा उक्त रकम कोषमा जम्मा गरिएको हो। क्लबले विपद् प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
अध्यक्ष विदारीले विपद्को समयमा सबैले क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए। उनले क्लबको प्रयासले प्रभावित परिवारलाई राहत र आशा दिन सक्ने विश्वास व्यक्त गरे।
उनले भने, सहयोग रकम सानो ठूलोभन्दा पनि विपद्को समयमा देखाइने मानवता र एकता महत्वपूर्ण हुन्छ। पीडामा रहेका नेपालीको साथमा उभिनु हाम्रो साझा दायित्व हो।
क्लबले आगामी दिनमा पनि सामाजिक सेवा, मानवीय सहयोग र विपद् व्यवस्थापनमा सक्रियता कायम राख्ने प्रतिबद्धता जनाएको छ।

सुशील लामगादे बि.क. 









