स्रोत नखुलेको रु ९५ लाख भन्दा बढी रकम सहित ४ जना पक्राउ
उथलपुथल संचार
काठमाडौं,नेपाल
२३ बैशाख २०८२ मंग्लवार
काठमाडौं महानगरपालिका ९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडी सडकमा स्रोत नखुलेको ठुलो रकम सहित चार जना पक्रासउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं, तार्केश्वर नगरपालिका ३ फेदी घर भएका २९ वर्षिय समुन्द्र जमकट्टेल ,सप्तरी, सप्तकोशी नगरपालिका १ घर भएका ४३ वर्षिय गणेश राई ,लमजुङ, दोर्दी गाउँपालिका ३ घर भएका ३१ वर्षिय सन्तोष गुरुङ र सोही निवाशी ३९ वर्षिय सन्तोष घिमिरे रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

आईतबार दिउसो २ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार उनीहरुबाट रु ९५ लाख १७ हजार ५ सय रुपैयाँ रकम बरामत गरिएको उहाँले बताउनुभयो ।
उक्त रकम सहित निजहरूलाई निसयन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको काण्माण्डौँ उपत्यका प्रहरी कार्यलयले जनाएको छ ।