धमाधम घरधनी,घरको छतमा घन बज्रादै/भत्काउदै

(धनगढी) धनगढीको कैलाली पुल देखि क्याम्पस रोड सम्मका ब्यवसायिक सटर तथा भवनमा घन बज्रीरहेको छ । घनले तोडन नसकिएका भवनलाई डोजरले गड्याङगुडुङ ढालीको दृष्य शान्त पुर्वक चलिरहेको देखिन्छ । न कसैको बिरोध÷अवरोध नकसैको चिच्याहटका अवाज निस्केको छ ।
धनगढीको स्थापनाकाल देखिकोको बजारमा बनेका नय“ा आधुनिक नक्सा पास ५÷५ ताले ब्यावसायिक भवनलाई समेत घरधनीले राजीखुसी भत्काइरहेका छन । भत्काउन शुरु भएको पनि एक महिना पुग्न लागेको छ । पुल देखी क्याम्परोड सम्म ४ सय बढी घरनीले सडकको क्षेत्राधिकार भत्काई राख्दा ८ जना चुप छन ।

मेयर हमालले भत्काउन शुरु नगरेका ८÷९ घरधनीमा कोहि सम्र्पकमा नआएर, कसैले अन्य कुरा कुरा राखेर चाडो सहमतीमा नआएको बताए । ‘तर उनिहरु पनि चाडै सहमतीमा आएर आफनो संरचना भत्काउन एक÷दुई दिनमैं शुरु गर्ने छन’ उनले भने,‘अवको १५÷२० दिन भित्र रिव अढाई किलोमिटर सडकको क्षेत्राधिकार क्षेत्र पुरै खाली भईसक्छ ।’
उप महानगरले कैलाली पुल देखि क्याम्पस रोड सम्मको २.३ किलोमिटर सडक ३० मिटर चौडाईको बनाउन लागेको छ । सडकको दायाबाया १५÷१५ मिटर सडक क्षेत्राधिकारमा बनेका संरचनालाई हटाउन उप महानगरले गएको असोजमा ३५ दिने सूचना जारी गरेको थियो । सडकको क्षेत्राधिकार भित्र ४ सय ११ निजी र सरकारी कित्तामा बनेका संरचना परेका थिए ।
उप महानगरले जारी गरेको सूचनाको म्याद सकिए, लगत्तैं कार्तिक २० गते देखि सडक क्षेत्राधिकार खाली गर्न शुरु गरेको हो । उप महानगरले सरकारी स्वामित्वमा रहेका भवन डोजर लगाएर भत्काउन शुरु गरेको थियो । निजी सम्पतीका घरधनीलाई १५ देखी २५ दिने म्याद दिएर आफनो संरचना भत्काउन शुरु गर्न भनेको थियो ।
‘धनगढी बनाउने अभियानमा नगरवासीको सहयोग प्राप्त भएको छ’ मेयर हमालले भने, ‘बिशेष गरि मुख्य बजार फराकिलो बनाउने योजनामा घरधनीले दिएको साथ आफना लागि हौसला र उत्सहाजनक भएको छ ।’ उनले एक धुर जग्गा समेत नबच्दा घरधनीले बनेको संरचना भतकाएर सहयोग प्राप्त भएको बताए ।
मोहन सिह साउदले मुख्य बजारका तिन स्थानमा रहेका करोडौंको लगानीमा बनेका तिन वटा दुई ताले भवन भत्काएको जानकारी दिए । ‘मेयरसावको धनगढी बनाउने अभियानलाई साथ दिन, यसपाली बजारका दुई वटा घर भत्काउनु परेको छ’उनले भने,‘यस अघि छ लने सडक निर्माण गर्दा एउटा घर भत्काएको थिए ।’ तर उनले अति मार्कामा परेकालाई भने उप महानगर वा सरकारले राहात वा अन्य कुनै प्रकारको सहयोग चाहि दिनु पर्ने बताए । उनले भने,‘ जस्ले बिकास निर्माण सहयोग गर्छ , उस्लाई सम्मान दिनु पर्छ ।’
उनले अस्पताल रोड र कैलालीपुलमा रहेका ब्यवसायिक सटर सहितको दुई ताले भवन सडकको क्षेत्राधिकार भित्र पर्दा भत्काएका छन । ‘तिन स्थानमा ब्यवसायिक घरजग्गा सडकमा पर्दा समेत म दुख्खी छैन’उनले भने,‘राजीखुसीनै सडकको क्षेत्राधिकार खाली गराएको छु । बिकासको बिरोधी कोहि पनि हुन्न भन्ने लाग्छ ।’
मेयर हमालका लागि धनगढीको स्थापना काल देखि बसेको बजार उठाएर सडक फराकिलो अभियान साच्चिकै पेचिलो थियो । स्वतन्त्र मेयर हमालले धनगढी बजार फाकिलो बनाउन बनेका संरचना भत्काउन सक्छ भन्ने कुरामा धेरैलाई पनि बिश्वासनै थिएन । मेयर हमालको अहिलेको कामका समर्थक देवानन्द जैशीले भने,‘ ६ महिनामा कल्पनिय मुख्य बजारको तोडफोड अभियान हेम्मतिलो देखियो ।’
उनले गएको असोजमा ३५ दिनेसूचना जारी गर्दाका बेला केहिले दलबिहिन मेयर गोपाल हमालले धनगढीको मुख्य तथा पुराना बजारले ओगटेको सडकको संरचना भत्काउन सक्ला ? खिस्यौटी पनि गरेको बताए । ‘अहिले भने सर्वाेच्व अदालतमा स्टे अर्डरका लागि गएको मुद्धा फिर्ता लिएर आफनो घर आफै भत्काउन सुरु गरेका छन’ उनले भने, त्यसैले मेयर हमालले सोचबिचारर योजना पुरा गर्ने गरि काम आटेको देखियो।’
‘धनगढीको मुख्य बजार तोडेर फाराकिलो ÷सुन्दर बनाउछु भन्दा कोहि पत्याउदैन थिए“’ भन्ने मेयर हमालको पनि स्वीकारोक्ती छ ।‘बजेटका लागि प्रदेश सरकारका मन्त्री ÷मुख्यमन्त्रीलाई भेट्दा के तिमी मुख्य सडक तोडन सक्छौं ? भनेर प्रश्न तेस्राएका थिए“’ मेयर हमालले एक सार्वजनिक कार्यक्रममै भने,‘ तर मैले प्रदेश सरकारलाई बजेट मात्रै देउ, सडक क्षेत्राधिकार म खाली गर्छु भनेर बिश्वास दिएको थिए“ ।’
मेयर हमालले जादै गरेको प्रदेश सरकारको सम्मान तथा धन्यवाद कार्यक्रममा उक्त कुरा ब्यक्त गरेका थिए । बुधवार उक्त कार्यक्रम उप महानगरले आयोजना गरेका थिए । प्रदेश सरकारले अहिले कैलाली देखी क्याम्पस रोड सम्मको २.३ किलोमिटर फराकिलोको लागि ६४ करोड बिनियोजन समेत गरि सकेको छ ।
उनले मुख्य सडक फराकिलो बनाउन दल र नेता संग आफनो मतको बार्गनिंग गरेको समेत बताए । उनले आफु स्थानिय तहमा स्वतन्त्र भएर निर्वाचित भएपछि जिल्ला समुन्वय समितिको निर्वाचनमा निर्णायक भएको बताए । ‘जिल्ला समुन्वय समितिको चुनावमा गठवन्धन र बिपक्षी अन्य दल संग १२÷१२ मतभार थिया’ उनले भने,‘ आफुले त्यै मौकामा गठवन्धनको प्रदेश सरकार संग मुख्य सडकको बजेट बार्गनिंग गरेको पनि हु“।’
धनगढीको मुख्य बजार फराकिलो मात्रै हैन्, धनगढीको स्वरुपमा परिर्वतन देखिने गरि सडक निर्माण गरिन लागेको जानकारी मेयर हमालले दिए । उनका अनुसार बिस्तार हुने सडकको दायाबाया साइकल लेन, पार्किग, अपांग मैत्री पेटी , फुटपात बिचमा हरायाली सहितको ‘नो ट्राफिक जाम’को सुन्दर सडकको परिकल्पनाका डिजायन गरि डिपिआर तयार भएको बताए ।
‘अहिले धनगढीको पुरानो र मुख्य बजार मार्गमा भईरहेको ट्राफिक जामले एम्वुलेन्स समेत रोकिएर बिरामीले मर्नु परेको अवस्था छ’उनले भने, ‘उतिकै धेरै दुर्घटना स“ाघुरो मुख्य सडक मार्गको कारण भइरहेको छ ।’उनले येहि मुख्य बजार मार्गमा प्रादेशिक अस्पताल ,सरकारी सेवाका कार्यालयहरु आदि पर्ने भएकाले पनि बर्तमान सडकको संरचनाले ट्राफिक समस्या धान्न नसकेको उनले बताए ।
मेयर हमालले धनगढी हामी बनाछौ हाम्रै पालामा बनाउछौ भन्ने नाराका साथ गएको चुनावी नारालाई ५ बर्ष भित्र पुरा गर्नका लागि धनगढीलाई ‘स्मार्ट सिटीको मापदण्डमा लैजान कार्यको शुरुवात मुख्य बजारको पुर्ननिर्माण कार्यको शुभारम्व संगै शुरु भएको बताए ।