सांसद भण्डारी गृह जिल्ला आउने

तनहुँ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारी सोमबार गृह जिल्ला तनहुँ आउने कार्यक्रम रहेको छ ।
सांसद भण्डारी सोमबार जिल्ला समन्वय समितिको कार्यक्रममा सहभागी हुन जिल्ला आउन लागेको उनको सचिवालयले जनाएको छ । नेता भण्डारी मंगलबार र बुधवार पनि जिल्लाको विभिन्न कार्यक्रममा सहभागी कार्यक्रम रहेको छ ।