धनगढी–११, राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट गठवन्धनका तिनै जना उम्मेदवार बिजयी भएका छन । खुल्ला पुरुष तर्फ बलदेव बोहरा निर्वाचित भएका छन । उनले ४ हजार ३४७ मत प्राप्त गरेका छन । अपांग तर्फबाट नेपाली काग्रेस जिल्ला सभापति नारायण दत्त भट्टले ४ हजार ४ सय १९ प्राप्त गर्दै बिजयी भएका छन । महिला तर्फ माओवादीका रेणुु चन्दले ४ हजार ४ सय ५३ मत प्राप्त गरि निर्वाचित भएकी छिन ।
राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आज ११ गते बिहिवार ९ देखि ३ बजे सम्म मतदान भएको थियो ।सुदूरपश्चिम प्रदेशमा ५२ जना प्रदेश सभाका सदस्य र १७६स्थानिय तहका जन प्रतिनिधि गरि कु२२८ जना मतदाता रहेका छन । स्थानिय तहका प्रमुख र उप प्रमुखको १९ र प्रदेश सभा सदस्य प्रति ५३ मतभार हुने छ । जसअनुसार सुदूरपश्चिम प्रदेशमा कुल ६हजार १ सय मतभार छ । मतभारका अधारमा काग्रेस संग प्रदेश सभाका १८ मतदाताको मतभार ९५४ एमालेका ११को मतभार ५८३नागरिक उन्मुुक्ती पार्टीका ७को ३७१नेकपा एसमाजवादीका ४को २१२मतभार रहेको छ । एक जना राप्रपा र स्वतन्त्रको थप १०६मतभार रहेको छ । सत्ता गठवन्धनमा मुख्यगरि काग्रेस माओवादी एसमाजवादी र नागरिक उन्मुुक्ती पार्टी रहेको छ ।
स्थानिय तहमा सवैभन्दा बढी पनि काग्रेस संगै मतभार रहेको छ । नेपाली काग्रेसकोे ८८ वटा स्थानिय तहमा नगर प्रमुुख र अध्यक्षमा ४० र उप प्रमुुख र उपाध्यक्षमा ४८ जना रहेका छन । स्थानिय तहको १ हजार ६ सय ७२ र प्रदेशको ९५४ मतभार गरि कुल २६२६ मतभार काग्रेस एक्लै संग छ ।
एमाले संग २४ स्थानिय तहको प्रमुुख र अध्यक्ष २६ उप प्रमुुख र उपाध्यक्ष जितेको छ । एमाले संग स्थानिय तहको मतभार ९सय ५० र प्रदेश सभाको समेत गरि कुल १ हजार ५ सय ३३ रहेको छ ।

उथल पुथल 









