सत्ता उथलपुथलपछि ओली, देउवा र प्रचण्ड सँगै

काठमाडौं । सत्ता उथलपुथलपछि प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी ओली, प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी० केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै देखिएका छन् ।

पछिल्लो सत्ता उथलपुथलपछि यी शीर्षस्थ नेताहरू अनौपचारिक रूपमा सँगै देखिएका हुन् ।

उनीहरू सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ९टीआरसी० माथि सहमति जुटाउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्ने क्रममा सँगै देखिएका हुन् ।

यद्यपि उनीहरू पहिलोपटक सँगै देखिएका भने होइनन् । यसअघि उनीहरू शीतल निवासमा आयोजित प्रधानमन्त्री ओलीको शपथ ग्रहण समारोहमा औपचारिक रूपमा सँगै देखिएका थिए ।

तर, अनौपचारिक रूपमा भने उनीहरू पहिलोपटक सँगै देखिएका हुन् । उनीहरूले आपसमा हात मिलाएर केही अन्तरङ्ग कुराकानीसमेत गरेका छन् ।