माओवादी र नेपाः राष्ट्रिय पार्टीबीच एकता

काठमाडौं।

नेकपा माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच एकता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो। नेपाः राष्ट्रिय पार्टीको अध्यक्ष विजय सैंजु रहेका छन्।

यो पार्टीसँग एकता सभामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग माओवादीका शीर्ष नेताहरु सहभागी थिए। माओवादीले आजै यसअघि नेसपा गंगानारायण श्रेष्ठ पक्षसँग एकता गरेको थियो ।

साभार: नयाँ पेज