एमालेमा १७ जना केन्द्रीय सदस्य मनोनीत तनहुँबाट सिग्देल

काठमाडौं ।

नेकपा एमालेले पार्टी प्रवेशबाट आएकाहरुसहित १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको हो । मनोनीत हुनेमा तनहुँका केदार सिग्देल, सुवास कर्माचार्य, जितेन्द्र देव, कुन्दनराज कुशवाह, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमलराज तिमल्सिना र गोविन्द पुन छन् ।

यस्तै मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा कोइराला, मञ्जु शर्मा चालिसे र आशा जबेगु मनोनीत भएका छन् । यी मध्ये कतिपय पार्टी प्रवेश गरी एमाले फर्किएका हुन् भने कतिपयको बढुवा भएका हुन् ।

यसैगरी बैठकले प्रतापलाला श्रेष्ठलाई कन्द्रिय परिषद सदस्य मनोनित गरेको छ ।