मन्त्रिपरिषद् द्वारा १० जना सचिवको सरुवा

काठमाडौं ।

सरकारले १० जना सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद्को जेठ १२ को बैठकले १० जना सचिवको सरुवा गरेको हो । सरुवा हुने सचिवहरुमा डा। रामप्रसाद घिमिरे, किरणराज शर्मा, दीपक काफ्लेलगायत छन् ।

डा. रामप्रसाद घिमिरेलाई उद्योग तथा वाणिज्य मन्त्रालय, किरणराज शर्मालाई लोकसेवा आयोग, हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, डिल्लिराम शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै दीपक काफ्लेलाई राष्ट्रपतिको कार्यालय, चुडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालय र शोभाकान्त पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।