(धनगढी) धनगढी उप महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल बिजयी भएका छन । उनले नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान मेयर नृप बहादुर वडलाई दोब्बर मतान्तरमा पराजित गरेका हुन ।
आप चुनाव चिन्ह् आप भएका हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गरेका छन । उनका निकट्त प्रतिद्धन्दी वडले १४ हजार ८ सय १७ मत प्राप्त गरेका छन । हमालले शुरु देखिनैं दोब्बर मतान्तरमा अग्रता लिइरहेका थिए । हमालले उप महानगरको सवै वडाबाट अग्रता लिएका थिए ।
हमाल र वड २०७९को स्थानिय निर्वाचनका प्रतिस्पर्धि पनि हुन । त्यसबेला वडले हमाललाई २ हजार ७ सयको मतान्तरमा मात्रैं हराएका थिए । यसपटक हमालले वडलाई हमालले १२ हजार ४८ मतान्तरमा हराएका छन ।
उप मयेयरमा एमालेकी कन्दकला राना बिजयी भएकी छिन । रानाले १५ हजार ४ सय ७९मत प्राप्त गर्दै माओवादीकी शान्ती अधिकारीलाई पराजित गरेकी हुन । अन्तिम चरणका १५ हजार मत गणनामा अग्रता लिएकी राना र शधिकारीको मतान्तर २ हजार ८ सय ९को अन्तर ल्याउन सफल भईन । अधिकारीले १२ हजार ६ सय ७० मत मात्रै प्राप्त गरेकी छिन ।
माअोवादीकी अधिकारीलाई रानाले उपमहानगरका ८ , ९ ,११, र १२ वडाको मत गणना पछि पछाडी पारेकी हुन । उप महानगरको ८ देखी १२ सम्मको वडामा राना समुदायकोको बसोवास बढी छ । वडा नम्वर ८ र ९ उनको गृह वडा पनि हो ।
उप महानगरको ११ वडामा जितेको छ । उप महानगरको १, २,३, ४,५ , ९, १३ ,१४, १५, १७ र १९ नम्वर वडाअध्यक्ष पद जितेको छ । , २०७४को निर्वाचनमा मेयर उपमेयरसहति १२ वटा वडा जितेको वडामा पाि एक गुमाउनु परेको छ । मेयरकै उम्मेदवार नृप वडकैं वडामा माओवादीले जित्दा एक वडा घटेको हो ।
एमाले वडा नम्वर ७, ८,१०, ११, १२ र १८ जितेको छ । माओवादीले ६ र १६ वडा अध्यक्ष पद जितेको छ । एमालेले २०७४मा जितेको वडाहरुलाई कायम राख्यो । माओवादीले २०७४मा एउटा मात्रैं वडा जितेको थियो । यसपटक वडाअध्यक्ष पद थपेको छ ।
धनगढी उप महानगरमा कुल मतदाता ९३ हजार १ सय ५१ मतदातामा ६३ हजार ७ सय १५ मत खसेको थियो ।











