ट्रेकिङमा हराएका ३ युवाको शसस्त्र प्रहरीद्वारा सकुशल उद्धार

पोखरा, साउन २१ गते।
मर्दी हिमाल ट्रेकिङका क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ बादलभेडा क्षेत्रबाट हराएका तीन जना युवाहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीले सकुशल उद्धार गरेको छ।
​उद्धार गरिएका व्यक्तिहरूमा पोखरा महानगरपालिका-१४ खसिबजार बस्ने २४ वर्षीय अजित जि.सी., २३ वर्षीय युकेश गुरुङ र २६ वर्षीय करण लामा रहेका छन् ।

उनिहरू साउन १९ गते मर्दी हिमाल जाने क्रममा साउन २० गते बिहान ०८:०० बजेदेखि सम्पर्कविहीन भएका थिए ।

साउन २० गते दिउँसो १५:२० बजे सूचना प्राप्त ह साउन २० गते बेलुकी १८:२० बजे अन्नपूर्ण गाउँपालिका-११ छुम्रुङको फेदीस्थित मोदी खोलाको पारिपट्टी टोलीले उनीहरूलाई सकुशल अवस्थामा देखा परेको थियो ।
खोलाको बहाव उच्च भएकाले रातको समयमा उद्धार गर्न सम्भव नभई टोलीले उनीहरूलाई सुरक्षित रहन लगाई उद्धार स्थगित गरेको थियो ।
आज बिहान ०६:०० बजेदेखि पुन: उद्धार सुरु गरी नेपाली सेना, नेपाल प्रहरी, र निर्माणधीन अपर मोदी हाइड्रोपावरको सहयोगमा तार र रोपवेको प्रयोग गरी १०:५५ बजे उनीहरूलाई सुरक्षित पारि ल्याइएको थियो ।
​उद्धार गरिएका युवाहरूलाई तालिम प्राप्त सशस्त्र प्रहरीबाट प्राथमिक उपचार पछि पोखरातर्फ ल्याउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीले जानकारी गराएको हो ।