बेवारिसे भरुवा बन्दुक फेला

स्याङ्जा, साउन १८ गते । बिरुवा गाउँपालिका-५ तल्लो सिखरमा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक प्रहरीले फेला परेको छ ।

यहाँ सडकदेखि करिब पाँच मिटर तल झाडीमा एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

कानुन बमोजिम आवश्यक मुचुल्का तयार गरी बन्दुक जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ल्याइएको अवस्थीले बताउनुभयो । बन्दुक कसले र किन त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीको जनाएको छ ।

साभार:गोरखापत्र अनलाईन