लियो क्लब अफ तनहुँद्वारा निःशुल्क अनुहार तथा कपाल परीक्षण हुँदै

दमौली,तनहुँ।

सामाजिक सेवामा सक्रिय लियो क्लब अफ तनहुँले एक दिने निशुल्क अनुहार तथा कपाल परीक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रम यही वैशाख ५ गते, शनिवार, व्यास नगरपालिका-३ स्थित विकल्प फार्मेसीमा सञ्चालन हुने क्लबका अध्यक्ष लियो रोबिन श्रेष्ठले बताए ।कार्यक्रम बिहान १०:१५ बजेदेखि बेलुका ५:०० बजेसम्म सञ्चालन हुनेछ।

आधुनिक प्रविधिको प्रयोगमार्फत दक्ष चिकित्सकद्वारा सहभागीहरूको अनुहार तथा कपालको परीक्षण गरिने आयोजकले जानकारी दिएका छन्। यस कार्यक्रमबाट स्थानीय सर्वसाधारणलाई आफ्नो छाला तथा कमालसम्बन्धी समस्या पहिचान गर्ने र उचित परामर्श प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

उक्त कार्यक्रम विकल्प फार्मेसीको सहयोग तथा लियो क्लब अफ तनहुँको सक्रियतामा आयोजना गर्न लागिएको हो। इच्छुक व्यक्तिहरूले थप जानकारीका लागि ९८४६०४३४५९ २ ९७०९९५२८११ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

लियो क्लब अफ तनहुँले यस्ता सामाजिक सेवामूलक कार्यक्रममार्फत समुदायमा सकारात्मक प्रभाव पार्दै आएको छ।