तनहुँमा मतदाता नामावली दर्ता सुरु:७८जनाले दिए आबेदन

२२ चैत्र, दमौली,तनहुँ।

‎निर्वाचन आयोगले चैत्र २२ गते बाट मतदाता नामवली खुल्लाएको थियो। तनहुँमा पहिलो दिन जिल्लामा ७८ जनाले मतदाता नामावली दर्ता गरेका छन्।

‎ आबेदन दिने मध्य ७१ जनाले राष्ट्रिय परिचयपत्रबाट अनलाइन दर्ता गरेका छन् भने ६ जनाले बायोमेट्रिक अन्तगत फिंगरप्रिन्ट र फोटो दिएका छन् जिल्ला निर्वाचन कार्यालय तनहुँका सूचना अधिकारी डोलराम शर्माले जानकारी दिए।निर्वाचन आयोगले चैत २२ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेको हो।

 

‎ राष्ट्रिय परिचयपत्र नभएका नागरिकले जिल्ला निर्वाचन कार्यालयमा गएर बायोमेट्रिक विवरण दिनुपर्छ भने राष्ट्रिय परिचयपत्र भएका नागरिकले अनलाईन मार्फत आबेदन दिन सक्ने प्राबधान रहेको छ।