मिर्गौला पीडित प्रतिक्षा कार्कीको उपचारका लागि भजनकिर्तनबाट ५५७४० रुपैयाँ संकलन

दमौली,तनहुँ।
‎व्यास नगरपालिका-९ निवासी मिर्गौला पीडित २० वर्षीया प्रतिक्षा कार्कीको उपचार सहयोगार्थ शुक्रबार व्यास नगरपालिका-३ मा भजनकिर्तन कार्यक्रम आयोजना गरिएको छ।

‎ तेजप्रसाद लामिछानेको समूहद्वारा प्रस्तुत भजनकिर्तनमार्फत सहभागीहरूले स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग गरेका थिए। सामाजिक अभियन्ता महम्मद गफ्फार(सुदिप)को संयोजनमा सम्पन्न उक्त कार्यक्रममा कुल ५५ हजार ७ सय ४० रुपैयाँ संकलन भएको जनाइएको छ।

‎संकलित रकम प्रतिक्षाको उपचारका लागि सहयोग स्वरूप प्रदान गरिने उनले बताए ।
‎कार्की मिर्गौला बिग्रिएपछि जीवन- मृत्युको संघर्षमा रहेकी छिन् । कम उमेरमै गम्भीर स्वास्थ्य समस्याबाट ग्रसित कार्कीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको अवस्था जटिल बन्दै गएको परिवारले जनाएको छ। आर्थिक अवस्था अत्यन्त कमजोर रहेका कारण नियमित उपचार तथा डायलाइसिस गर्न समेत कठिन भइरहेको छ। परिवारका सदस्यहरूका अनुसार उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भए पनि आर्थिक अभावका कारण उपचारमा निरन्तरता दिन समस्या भइरहेको छ।