दमौली,तनहुँ ।
लियो जिल्ला परिषद् नेपाल ३२५ एलको वर्ष २०२६-२७ का लागि अध्यक्षमा तनहुँका लियो क्लब अफ खैरेनीटार दुलेगौंडा मन्त्रका कुशल लम्साल निर्वाचित भएका छन् भने लियो क्लब अफ तनहुँका २५/२६ का अध्यक्ष रोविन श्रेष्ठ जिल्ला कोषाध्यक्षमा चयन भएका छन्।
अध्यक्षमा निर्वाचित लम्साल लियो क्लव क्लव अफ खैरेनीटार दुलेगौडा मन्त्रका संस्थापक अध्यक्ष एवं लियो जिल्ला परिषद् ३२५ एल नेपालका वर्तमान उपाध्यक्षसमेत थिए। उनको नेतृत्व अनुभव र सक्रियताका आधारमा यसपटक अध्यक्षमा चयन गरिएको बताइएको छ।
आधारमा यसपटक अध्यक्षमा चयन गरिएको बताइएको छ। यसैगरी, कोषाध्यक्षमा निर्वाचित श्रेष्ठ लियो क्लव अफ तनहुँका अध्यक्षका रूपमा कार्यरत छन्। उनले क्लबमार्फत विभिन्न सामाजिक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

सुशील लामगादे बि.क. 









