दमौली,तनहुँ।
तनहुँको व्यास नगरपालिका-५ ठुलोटारस्थित उदय माध्यमिक विद्यालयको स्वर्ण वार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर २० जना विद्यार्थीलाई जुत्ता वितरण गरिएको छ।
युवा सामाजिक अभियन्ता महम्मद गफ्फार (सुदिप) को पहलमा विद्यार्थीलाई सहयोग गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा श्रीभद्र खनाल, युनिस शेख लगायतले विद्यार्थीलाई जुत्ता वितरण छन्। कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने ,नगर शिक्षा शाखाका प्रमुख केदार आर्चाय ,वडा नं ५ का अध्यक्ष बिष्णु श्रेष्ठ (हिमाल) लगायतको उपस्थिति रहेको थियो।
अभियन्ता गफ्फारले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन प्रोत्साहन गर्न सहयोगका कार्यक्रम सञ्चालन गरिएको बताए ।

सुशील लामगादे बि.क. 









