दमौली,तनहुँ।
तनहुँको व्यास नगरपालिका-५ ठुलोटार स्थित उदय माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवसको अवसरमा सामुदायिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजनामा भएको उक्त प्रतियोगितामा पवित्रा माध्यमिक विद्यालय प्रथम , नेपाल पुलिस स्कुल बेलचौताराले दित्तिय स्थान हासिल गरेको छ।
प्रतियोगितामा निर्मल माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालय संयुक्त रूपमा तित्तिय भएका छन्।
कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने को प्रमुख अतिथित्यामा सम्मपन्न भएको कार्यक्रमको सभापति बिधालय व्यवस्थापन समितिका अध्यक्ष अनुप न्यौपाने रहेका थिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका अध्यक्ष कृष्ण प्रसाद गौतम ,वयास नगर शिक्षा शाखा प्रमुख केदार आचार्य, प्रधानाध्यापक राजु ढकाल लागयतको उपस्तिथि रहेको थियो ।
शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको ज्ञान र तार्किक क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

सुशील लामगादे बि.क. 









