उदय माबिको स्वर्ण महोत्सव सफल पारौं

दमौली,तनहुँ।

तनहुँको व्यास-५ ठुलोटार स्थित
‎ उदय माविको सप्ताहव्यापी स्वर्ण महोत्सव हुँदैछ । माघ ११ देखी १७ गतेसम्म कार्यक्रम हुनेछ । सप्ताहव्यापी कार्यक्रमको रौनक बढ्‌दो छ। शिक्षक, विद्यार्थी र अभिभावकहरु एक ढिक्का भएका छन् ।

स्वर्ण महोत्सव सफल बनाउन सबै लागी परेका छन्। माघ ११ गते व्यास ५ मा रहेका सामुदायिक र संस्थागत विद्यालयका छात्र/छात्रा विच मावि स्तरीय भलिबल प्रतियोगिता, १२ गते मिनी म्याराथन, १३ गते स्वर्ण महोत्सव स्तम्भ र मन्चको उद्घाटन कार्यक्रम तय गरिएको छ। माघ १४ गते महिलाको मेच घुमाई र पुरुष अभिभावकको घैटो फुटाईं, १५ गते पुर्व विद्यार्थी मन्चद्धारा पुरस्कार वितरण र १७ गते मूल कार्यक्रम हुनेछ। त्यसै दिन स्वर्ण स्मारिकाको विमोचन, पिटी प्रर्दशन, सम्मान, विद्यालयको वार्षीक प्रतिवेदन प्रस्तुत सांस्कृतिक कार्यक्रम रहेको छ। टौवाबाट पठन पाठन शुरु पार गर्दै यतिबेला भौतीक संरचनाहरुमा उल्लेख निर्माण गरेको छ।

शैक्षिक प्रगती समेत सुधारोन्मुख रहेको पाइएको छ। स्वर्ण जयन्तीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास लिइएको छ। व्यास ५ साँगे ठूलोटारमा विषेश गरेर दौ, कुमाल, वोटे दलित जनजातीका विद्यार्थीहरु अध्ययन गर्ने यो विद्यालयको उज्ज्वल भविश्यको कामना गर्दै अभिभावकहरु विद्यालय वनाउन लागी परेका छन् ।

स्वर्ण जयन्तीको सप्ताहव्यापी कार्यक्रम सबै मिलेर सफल बनाउन लागि परेका छन्। स्वर्ण जयन्तीले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सांस्कृतिक क्षेत्रको विकासमा योगदान दिने बुझाई धेरैको छ।