लियो क्लव तनहुँद्वारा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता हुँदै

दमौली,तनहुँ
‎लियो क्लब अफ तनहुँले लियो अन्तर-विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‎क्लवले माघ १४ र १५ गते तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा प्रतियोगिता गर्न लागेको हो प्रतियोगितामा व्यास नगरपालिकाभित्र +२ तह सञ्चालनमा रहेका १८ माध्यमिक विद्यालय सहभागी हुने क्लवका अध्यक्ष रोविन श्रेष्ठले जानकारी दिए ।

‎प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछन् । जसमा सामान्य ज्ञान, खेलकुद, राजनीति-कानून, स्थानीय तह, विज्ञान-प्रविधि, भूगोल, नेपालको इतिहास, लायन्स-लियो र स्वास्थ्य- जनसंख्या सम्बन्धी विषय समावेश गरिनेछ।
‎साथै, यापिड फायर र भिजुअल राउन्ड पनि हुनेछन्। प्रतियोगितामा प्रथम हुने टोलीले रु १५ हजार, द्वितीयले रु दश हजार र तृतीयले रु पाँच हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

‎प्रतियोगितामा प्रथम हुने टोलीले रु १५ हजार, द्वितीयले रु दश हजार र तृतीयले रु पाँच हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। लियो क्लब अफ तनहुँले विद्यालय, विद्यार्थी, अभिभावक र सञ्चारकर्मीको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको छ।