दमौली,तनहुँ।
तनहुँको सामाजिक अभियान्ता महम्मद गफ्फार( सुदिप)ले व्यास नगरपालिका वडा नंम्वर ५ निवासी ७५ वर्षीया फुलमाया दरैलाई खाद्यान्न र कपडा सहयोग गरेका छन्।
बिगत ५ वर्ष देखि प्यारालाइसिसका कारण ओछ्यानमै थलिएकी दरैको कुनै स्थायी आयस्रोत नरहेको र दैनिकी जीवनयापन अत्यन्तै कठिन बन्दै गएको अवस्थालाई ध्यानमा राख्दै गफ्फारले खाद्यान्न र कपडा सहयोग गरेका छन्।
गफ्फारले जेष्ठ नागरिक ,असहाय अपाङ्ग र बिपन्न नागरिकलाई सहज बनाउन आफू निरन्तर सामाजिक सेवामा खतिदैँ आएका छन्।

सुशील लामगादे बि.क. 









