दमौली,तनहुँ।
विज्ञान शिक्षक समाज नेपाल स्ट्यान व्यास नगर समितिको आयोजनामा तनहुँमा रिबिल्ड नेपाल बिज्ञान मेला२०२६(Rebuild Nepal Science Fair 2026) हुने भएको छ। मेलाले माध्यमिक तहका विद्यार्थीमा वैज्ञानिक सोच, अनुसन्धान क्षमता र नवप्रवर्तन विकासमा जोड दिने आयोजकले जनाएको छ।
व्यास नगरपालिका तनहुँ र निर्मल माध्यमिक विद्यालयको सहआयोजनामा हुने विज्ञान मेला
नेपाल शिक्षा प्रतिष्ठानको पुनर्निर्माण(Rebuild Nepal Education Foundation) को पुरस्कार प्रायोजनमा सञ्चालन हुनेछ। मेलामा तनहुँ जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुनेछन्।
आयोजकका अनुसार मेलामा उत्कृष्ट परियोजनालाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ, तृतीय पुरस्कार २० हजार रुपैयाँ र चतुर्थ पुरस्कार २० हजार रुपैयाँ तोकिएको छ।
विज्ञान मेलाको उद्देश्य विद्यालयस्तरमै व्यवहारिक र प्रयोगात्मक विज्ञान शिक्षाको प्रवर्द्धन गर्नु रहेको छ। विद्यार्थीलाई अनुसन्धानमुखी सिकाइमा अभिप्रेरित गर्नु मेलाको मुख्य लक्ष्य भएको आयोजकले बताएका छन्।
रिबिल्ड नेपाल बिज्ञान मेला २०२६ (Rebuild Nepal Science Fair 2026 )माघ ८ गते बिहान १० बजेदेखि निर्मल माध्यमिक विद्यालय व्यास २ तनहुँमा आयोजना हुनेछ। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।


सुशील लामगादे बि.क. 









