दमौली,तनहुँ।
सहिद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान’ नारासहित आगामी माघ १६ गते ‘आठौं व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ।
नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बर्सेनि आयोजना हुँदै आएको यो अल्ट्रा म्याराथन व्यास नगरपालिका-५ स्थित पर्यटकीयस्थल मानुङकोटबाट सुरु भइ व्यास नगरपालिका-८, सहिद गाउँ पुलिमराडमा पुगेर समापन हुनेछ।
४४ किलोमिटर लामो उक्त दौड मानुङकोट, अलैचे, चापाघाट, अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै पुलिमराडसम्म सञ्चालन हुनेछ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अल्ट्रा म्याराथन केवल खेलकुद प्रतियोगिता मात्र नभई सहिदको बलिदान स्मरण गर्ने र स्थानीय पहिचान उजागर गर्ने अभियान भएको बताए । उनका अनुसार यस प्रतियोगिताले मगर र गुरुङ समुदायको सांस्कृतिक
पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्नुका साथै पर्यटन प्रवर्धन गरी स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि टेवा पुग्ने भएकोले गरिएको हो । नगर प्रमुख न्यौपानेले भने, “यो दौड हाम्रो इतिहास, संस्कृति र सहिदप्रतिको सम्मानसँग जोडिएको छ।” नगरपालिकाका सूचना अधिकारी केदारराज आचार्यले प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन सबै तयारी पूरा गरिएको जानकारी दिए। धावकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विभिन्न । स्थानमा चेकप्वाइन्ट, स्वयंसेवक, स्वास्थ्यकर्मी र प्राथमिक उपचार टोलि परिचालन गरिने उनले बताए ।
सहभागी धावकलाई आवश्यक सूचना, मार्ग निर्देशन र सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिइने नगरपालिकाको प्रतिबद्धता रहेको उनको भनाइन्छ ।
व्यास नगरपालिका वडा ६ का वडाध्यक्ष एवम् नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ कुमारले अल्ट्रा म्याराथनले व्यास नगरपालिकाका ग्रामीण बस्ती, धार्मिक स्थल र ऐतिहासिक क्षेत्रलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताए ।
उनका अनुसार मानुङकोटदेखि पुलिमराडसम्मको मार्ग आफैमा पर्यटन सम्भावनाले भरिपूर्ण रहेको छ। यसप्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान गर्ने छ ।
डॉ कुद वन ले जी, स आयोजकका अनुसार प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट २०० भन्दा बढी व्यावसायिक तथा सौखिन धावकको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ८५ हजार ७७, ई ६५ हजार ७७ र ५५ हजार ७७ ए रुपियाँ नगद पुरस्कार प्रदान गरिने छ भने पाँच जना धावकलाई सान्त्वना टन पुरस्कार स्वरूप जनही १६ हजार ७७ रुपियाँ प्रदान गरिने छ।

सुशील लामगादे बि.क. 









