व्यासगुफा- गलेखामकोट अल्ट्रा हाफ म्याराथनको उपाधि गुरुङलाई

दमौली,तनहुँ।
तनहुँको व्यास नगरपालिका-६ बाह्रबिसे युवा क्लवले आज आयोजना गरेको व्यासगुफा- गलेखामकोट अल्ट्रा हाफ म्याराथनको उपाधि आँबुखैरेनीका सनम गुरुङले जितेका छन् । ३४ धावकलाई पछाडि पार्दै व्यास नगरपालिका-३ व्यास गुफादेखि व्यास नगरपालिका-६ गलेखामकोटसम्मको २१ किलोमिटर दूरीको म्याराथनमा गुरुङ प्रथम भएका हुन् ।

म्याराथनमा शुक्लागण्डकी नगरपालिकाका टोपबहादुर कुमाल द्वितीय र भानु नगरपालिकाका आदित्य जिसी तृतीय भएका छन् । विजेतालाई क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार नगद पुरस्कार प्रदान गरिएको क्लवका अध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिए।

दुई धार्मिक तथा पर्यटकीय स्थल व्यासगुफा र गलेखामकोटलाई खेलकुदको माध्यमबाट जोड्ने र दुवै ठाउँको पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य सहित हाफ म्याराथन गरिएको उनले बताए ।