दमौली,तनहुँ ।
तनहुँको सदरमुकाम दमौलीमा बिहीबारदेखि सुरु भएको छैटौ आदिवासी जनजाति सांस्कृतिक महोत्सवको झाँकी प्रर्दशनीमा व्यास नगर तमु सुधार समाज, व्यास-३ प्रथम भएको छ ।
कूल ६० अंकमा ५२ अंक सहित व्यास नगर तमु सुधार समाज प्रथम भएको हो । त्यसैगरी ५०.५ अंक सहित मगर सुधार समाज दमौलीले द्वितीय स्थान प्राप्त गरेको छ। मगर गुठ समिति, व्यास-१ ले ५० अंकसहित तृतीय स्थानमा चित्त बुझाएको छ।
४८ अंक सहित मिलन तमु आमा समूह, ४६ अंक सहित छंगेली नेवा खल दमौली र ४५ अंक सहित जनभावना नेवा समूह सान्त्वना भएको छ ।

सुशील लामगादे बि.क. 









