गफ्फारद्वारा माहेन्द्रीका विद्यार्थीलाई न्यानो कपडा बितरण

दमौली,तनहुँ। तनहुँका युवा सामाजिक अभियन्ता महम्मद गफ्फार(सुदिप) र उनको समूहको सक्रियतामा विहिवार व्यास नगरपालिका -६स्थित श्री माहेन्द्री आधाभुत विद्यालयमा २५ जना विद्यार्थीहरूलाई स्विटर वितरण गरिएको छ।

अभियान न्यानो अन्तर्गत गफ्फारले चिसो मौसमका कारण अध्ययनमा असर नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र हरेक क्षेत्रका विद्यार्थीको आधारभूत शिक्षाको आवश्यकता पूरा गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

विद्यालय प्रधानाध्यापक गणेश बहादुर क्षेत्रीले बिधालय परिवार र अभिभावकको तर्फ बाट सहयोगप्रति आभार व्यक्त गरेका छन्।
अभियानमा स्वतन्त्र बिद्यार्थी युनियन सभापति अनुप आले,युनस शेख र रोहित थापा ,वडा सदस्य बालकुमारी श्रेष्ठ,पिटिए अध्यक्ष राम बहादुर केशीको उपस्तिथि रहेको थियो।