दमौली,तनहुँ ।
तनहुँ व्यास साँगे नेपालटार विथत जनमुक्त शाही माध्यमिक विद्यालयले पुस २८ गते पुरुष मिनि म्याराथन प्रतियोगिता गर्ने भएको छ। बड़ा कार्यालयदेखि विद्यालय आनणयम्म खुल्ला दौड प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुने धावकहरुलाई क्रमशः ५ हजार ३ हजार २ हजार नगदका साथै मेडल र प्रमाणपत्र उपलब्ध गराइने विद्यालयका सहायक प्रधानाध्यापक गणेश पण्डितले बताए । प्रतियोगितामा सान्त्वना हुने २ जनालाई जनही ५ सय रुपैया, मेडल र प्रमाणपत्र उपलब्ध गराइनेछ ।
विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले सो प्रतियोगितामा १४ बर्ष देखि २१ बर्षसम्मका पुरुष व्यक्तिहरुले भाग लिन सक्ने बताए । प्रतियोगितामा सहभागि हुने घावकहरुले जन्मदर्ता वा नेपाली नागरिकताको प्रमाणपत्र सहित पुस २४ गते भित्र नाम दर्ता गरिसक्नु पर्ने खेलकुद संयोजक सुरेन्द्र अधिकारीले बताए। नाम दर्ता कुनै शुल्क लाग्ने व्ह्हन उनले भने।
विद्यालयको स्वर्ण जयन्ती समापन बर्षको पावन अवसरमा सो प्रतियोगिता गर्न लागिएको हो। व्यास ५का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) ले सो दौडको उद्घाटन गर्नेछन्।


सुशील लामगादे बि.क. 









