उदय माविले स्वर्ण जयन्ती सम्पन्न गर्न विभिन्न समिति र उपसमिति गठन

दमौली,तनहुँ । व्यास नगरपालिका वडा नं-५ ठूलोटार स्थित उदय माध्यमिक विद्यालयको स्वर्ण जयन्ती भव्य रुपमा मनाइने भएको छ। माघ १४ देखि १७ गतेसम्म विविध कार्यक्रमका साथ उक्त दिवस मनाइने विद्यालयका प्रधानाध्यापक राजु ढकालले बताए ।

उदय माध्यमिक विद्यालय गर्न गठित मुल समारोह समिति र विविध उपसमितिलाई जिम्मेवारी बाँडफाँड गरिएको जानकारी उनले दिए । विद्यालयका अध्यक्ष अनुप न्यौपानेले स्वर्ण जयन्ती सफल बनाउन विद्यालय परिवार एक भएर लागेको जानकारी दिए।

आर्थिक रकम जुटाउने देखि विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्ने लगायतका कार्यक्रमहरु स्वर्ण जयन्टिमा हुनेछन्। कुल १५ देखि १९ सम्म उप-समिति गठन गरिएको बताए।