अभियन्ता गफ्फार,शेखद्वारा दमौलीका ३० भन्दा बढी सडक खाडलहरू पुरिए

दमौली,तनहुँ।
तनहुँको सदरमुकाम दमौलीमा भत्किएको र खाडल अबस्थामा रहेको दमौली आसपासका सडक पुरीएको छ ।
नयाँ वर्षको अवसरमा युवा अभियन्ता महम्मद गफ्फार ( सुदिप) र युनुस् शेख मिलेर दमौलीका रोडमा रहेका विभिन्न खाडलहरू पुरीएको हो ।

दुर्घटना हुने सम्भावनालाई न्यूनीकरण गर्नका लागि ३० भन्दा बढी खाडलहरू पुरीएको युवा अभियान्ता गफ्फारले जानकारी दिए। उनका अनुसार केही सहयोगी दाताहरु र आफुहरूकै खर्चमा बाटो मर्मत र खाल्डाखुल्डी पुर्न लागिएको बताए ।

दमौलीका कैयौं ठाउँका सडकमा परेका ठुलाठुला खाल्डाले दुर्घटना भई मानिसहरू घाइते हुने सम्भावना देखिएको हुँदा खाल्डाखुल्डी पुरीएका हुन।