दमौली,तनहुँ
व्यास नगरपालिका–१२ मा भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। २३ वर्षीय सुमन भुजेलमाथि भएको आक्रमणपछि प्रहरीले स्थानीय देवबहादुर पाण्डे र रन्जन पाण्डेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पुस १६ गते राति भएको घटनामा घाइते भुजेलको अवस्था गम्भीर रहेको छ। घटनापछि प्रहरीले दुवै व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया सुरु गरेको हो।
आज पुस १७ गते पक्राउ परेकालाई जिल्ला अदालत तनहुँमा उपस्थित गराई म्याद थप गरिएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उथल पुथल 









