दमौली,तनहुँ। व्यास नगरपालिका वडा नम्बर १ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयले आफ्नो ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।
कार्यक्रममा विद्यालयको शैक्षिक उपलब्धि, विद्यमान चुनौती र भावी योजना सार्वजनिक गरेको थियो। विद्यार्थीहरुको प्रतिभा प्रस्तुतिका लागि सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक पिताम्वर सिग्देलले जानकारी दिए।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने रहेका थिए।
बिधालय स्थापना गर्न भुमिका खेल्ने स्थानियको नाम उचारण गर्दै न्यौपानेले बिधालयलाई स्थापना गर्ने स्थापक हामि माझ हुनुहुन्न,लोकत्रन्त कालमा स्थापना भएको जनाउँदै जलदेवी मा.बि एक एतिहासिक बिधालय भएको पुष्टि गरे ।
न्यौपानेले बिधालय ६७ औँ वार्षिकोत्सव सम्म आईपुग्दा बिधालयको भविष्य रहेको तर सो भविष्यलाई हामीले उगजार गर्न नसकेको बताए। बिधालयलको भवन निर्माण गर्ने क्रममा भवन समयमा निर्माण हुन सकेन्न र समयमा भुक्तानी नभएको हुनाले भवन निर्माण गर्न निम्ति परेको बजेट सरकारद्वारा रोकिएको र भवन निर्माण सम्म्पन्न भए पछि भुक्तानी गर्न नसकेको हुनाले बिधालय ऋणमा पुगेको बताए।
तत्कालिन नगर प्रमुख रामचन्द्र तिवारी रहेका थिए भने तत्कालिन पालिकाले मुल्यकङ्न गरेर भुक्तानिलाई अगाडी बढेको भए बिधालय ऋणमा जाने थिएन होला अवको पालिकाले मुल्यकङ्न गरेर क्षतिपूर्ति दिन नसक्ने बताए। सरकारी कोष बाट ऋण तिर्ने अपेक्षा नगर्न आग्रह गर्दै हामी समुदाय स्तरमा एक्जुट भएर मात्र बिधालयलाई ऋणमुक्त गर्न सकिने बताए।
कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले बिधालयको बर्तमान अवस्थालाई सुधार गर्न आफू ओरात्र खठिने बताईन्।
व्यास नगर शिक्षा शाखा प्रमुख केदार आर्चायले बिधालयको शैक्षिक अवस्था कम्जोर रहेको हुनाले शैक्षिक अवस्था बिकास गर्न आफू खटिने र आवश्यक परेमा आवश्यक स्रोतसाधान उपलब्ध गराउने प्रतिबद्धता जनाए।
कार्यक्रममा व्यास नगरपालिकाका वडा नंम्वर १का वडा अध्यक्ष रमेश चन्द्र हड्खले, छिमेकी बिधालय निर्मल माध्यमिक बिधालयका प्रधानध्यापक गणेश चन्द्र बस्तेन,आदिकवी भानुभक्त क्याम्पसका क्याम्पस चिफ्फ महेश हड्खले,नेपाली काङ्ग्रेस,नेपाल कम्नुषिट पार्टी(एमाले) नेपाली कम्नुषिट पार्टी ,राष्ट्रिय स्वतन्त्र पार्टी राजनितीक दलका व्यास नगर सभापति लगायतले बिधालयको वर्तमान अवस्था नाजुक भएको र सो अवस्थालाई सुधार गर्न आफ्नो तर्फ बाट मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम पुर्व प्रधानध्यापक, निवर्तमान बिधालय व्यवस्थापन समिति, ,अभिभावक र बिद्यार्थीको राम्रो उपस्तिथि रहेको थियो।

सुशील लामगादे बि.क. 









