दमौली,तनहुँ
मिलिजुली युवा क्लब, बन्दिपुर ६, खहरेटार तनहुँले आठौं वार्षिकोत्सवको अवसरमा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो।
उक्त क्लब र कार्यक्रमको प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै तनहुँका पाँच जनालाई सम्मान गरिएको हो।
गोरखापत्र दैनिकका पत्रकार अम्मर राज नहर्की ,प्रहार समाचारका पत्रकार शंखरराज नहर्की,तनहुँ प्रेसका पत्रकार बिकास खनाल,प्रादेशिक खबर राष्ट्रिय दैनिकका पत्रकार मदन वाग्ले,खबरबिष्टि डटकमका पत्रकार सुदिप पौडेललाई सम्मान गरिएको हो।
क्लबको गतिविधि, कार्यक्रम र सामाजिक पहललाई सञ्चार माध्यम मार्फत निरन्तर समाचार सम्प्रेषण गरेको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान पत्र प्रदान गरिएको क्लबले जनाएको छ।
सम्मान पत्र क्लबका अध्यक्ष राम बहादुर गुरुङ,संयोजक सिद्ध बहादुर थापा र प्रमुख अतिथि तथा बन्दिपुर गाउँपालिकाका उपाध्यक्ष पञ्च माया गुरुङको उपस्थितिमा प्रदान गरिएको थियो।

सुशील लामगादे बि.क. 









