तनहुँ, बन्दिपुर। तनहुँको बन्दिपुर गाउँपालिका-६, खहरेटारमा आठी मिलिजुली कप २०८२ पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगिता पुस १५ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने आयोजक मिलिजुली युवा क्लबले जनाएको छ। नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा स्थानीय तथा आसपासका उत्कूर टोलीहरूको सहभागिता रहने आयोजकको भनाइ छ।
प्रतियोगिताले गाउँ गाउँमा लुकेका प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने विश्वास लिइएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले रु. १ लाख, दोसो हुनेले रु. ७० हजार र तेस्रो हुने टोलीले रु. ४० हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। सहभागी हुन चाहने टोलीका लागि रु. ६ हजार दर्ता शुल्क तोकिएको छ भाने टिम दारों पुस १४ गतेसम्म खुला रहनेछ।
भलिबल प्रतियोगितासँगै तमु ल्होसार का अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ। यसले सखेलकुदसँगै स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनमा टेवा पुगे अपेक्षा गरिएको छ।

सुशील लामगादे बि.क. 









