दमौली,तनहुँ ।
तनहुँको व्यास ६ स्थित धार्मिक एवं पर्यटकीय स्थल गलेखामकोटमा प्रथम खुल्ला अल्ट्र। म्याराथन प्रतियोगिता हुने भएको छ। यही पुस ३० गते उत्क्ता प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेलाई क्रमशः ३०५ हजार, २५ हजार १५ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिड्यो। प्रतियोगितामा सान्चन १ जनालाई जनही १० हजारका दरले नगद प्रमाणपत्र दिइनेछ। बाह्रविसे युत्रा क्लवद्वारा आयोजित उक्त अल्ट्रा म्याराथन प्रतियोगितामा ५० भन्दा बढी धावकका सहभागिता रहने क्लबका अध्यक्ष ज्ञानबहादुर पुरुडले पत्रकार सम्मेलनमा जानकारी दिए।
व्यारा गुफा देखि गलेखामकोट सम्म २१ किलोमिटरको दुरीमा सो प्रतियोगिता आयोजना गरिएको वडा नं. ६ का अध्यक्ष जीवन गुरुहले बताए । व्यास नगर खेलकुद साँगतिकार अध्यक्ष समेत रहेका गुरुङले खलेखामबोटको आवश्यकः प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सो प्रतियोगिता गर्न लागिएको जानकारी दिए।
दमौली देखि सिन्धु मार्ग हुँदै उक्त म्याराथन प्रतियोगिता गराइनेछ। क्लमका सचिव यामकुमार श्रेष्ठले सो प्रतियोगितालाई सफल बनाउन व्यास ६का सबै टोल विकास संस्था ,सामुदायिक वन समितिहरु एक भएर लागेको बताए। त्यसमा आमा समुह, युवा क्लत र स्थानीयहरुको त्यति नै सहयोग रहनेछ, समितिका उपाध्यक्षइसान श्रेष्ठले बताए।
सोही पत्रकार सम्मेलनमा माघ २ गतेबाट हुने अध्यक्ष कप दोस्रो वडा स्तरीय भलिवल प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कृत गरिने जानकारी दिइयों। भलिवल प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार, द्धितिय हुनेलाई २५ हजार मेमिफाइनलका टिमलाई १०/१० हजार प्रदान गरिने वडासदस्य सूर्यकान्त काफ्लेले बताए।

सुशील लामगादे बि.क. 









