तनहुँमा सिमेन्ट बोकेको भारतीय बल्गर दुर्घटना, चालक घाइते

दमौली,तनहुँ।

  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ घाँसीकुवा क्षेत्रमा सिमेन्ट बोकेको भारतीय नम्बर प्लेटको बल्गर दुर्घटना भएको छ।
आज शनिबार बिहान  करिब ०५:३० बजेको समयमा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको WB 73G6210 नम्बरको बल्गर चालकले नियन्त्रण गुमाउँदा सडक छेउमा पल्टिएको हो।
दुर्घटनामा बल्गर चालक सोही सवारीसाधनले च्यापिएको र प्रहरी, स्थानीय र टुचनको सहयोगमा उद्धार कार्य गरिएको छ।

प्रारम्भिक अवस्थामा घाइतेको अवस्था नखुलेको भए पनि सडक अवरुद्ध भने भएको थिएन। बल्गर घटनास्थलमै रहेको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक शिवप्रसाद पाठकको कमाण्डमा ट्राफिक सहित १५ जनाको टोली घटनास्थलमा खटिएको थियो।

पछि प्राप्त विवरण अनुसार चालक भारतको दार्जिलिङ घर भएका करिब ४० वर्षका अर्बेन्द्र सहनी रहेको खुलेको छ। उनलाई बिहान करिब ०८:०० बजे उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ।
चालकको दुवै हात र खुट्टामा चोट लागेको छ। स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।