गफ्फारद्वारा मनाङ्गका १५० जना बिद्यार्थीलाई न्यानो कपडा बितरण

मनाङ्ग।

तनहुँका युवा सामाजिक अभियन्ता  महम्मद गफ्फार(सुदिप) र उनको समूहको सक्रियतामा शुक्रबार मनाङको नासो गाउँपालिका-५ स्थित श्री  प्रकाश ज्योति माध्यमिक विद्यालयमा १५० जना विद्यार्थीहरूका निम्ति स्विटर र टोपी वितरण गरिएको छ।

अभियान न्यानो अन्तर्गत तनहुँका अभियान्ता   गफ्फार मनाङ्ग पुगेका स्विटर र टोपी बितरण गरेका छन्।चिसो मौसमका कारण अध्ययनमा असर नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र हरेक  क्षेत्रका विद्यार्थीको आधारभूत शिक्षाको  आवश्यकता पूरा गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने   बताए।

विद्यालय  प्रधानाध्यापक पध राज पन्थीले बिधालय परिवार र अभिभावकको तर्फ बाट  सहयोगप्रति आभार व्यक्त गरेका छन्।