आँबुखैरेनीमा राष्ट्रपति रनिङ शिल्ड तथा एन्फा विजेता विद्यार्थी सम्मानित

दमौली ,तनहुँ 
आँबुखैरेनी गाउँपालिकाले तनहुँ जिल्लास्तरीय सत्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ तथा तनहुँ फुटबल संघद्वारा आयोजित एन्फा न्–ज्ञद्ध छात्र अन्तरविद्यालय फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर विजेता बनेका विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा समारोहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई २० हजार, द्वितीय स्थान हासिल गर्ने विद्यार्थीलाई १० हजार र तेस्रो हुने विद्यार्थीलाई ५ हजार सहित सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, तनहुँ फुटबल संघद्वारा आयोजित एन्फा न्–ज्ञद्ध छात्र अन्तरविद्यालय फुटबल प्रतियोगितामा विजेता बन्न सफल टोलीलाई ३० हजार तथा सम्मानपत्र प्रदान गर्दै आगामी चरणको प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गाउँपालिका अध्यक्ष चुमान बताए । सो अवसरमा बोल्दै अध्यक्ष चुमानले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै गाउँपालिकाले विद्यालयमै खेल पूर्वाधार र कार्यक्रम विस्तारमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षता तथा उपाध्यक्ष, वडा अध्यक्ष, शिक्षा समिति सदस्य, प्रमुख प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको खेल क्षेत्र प्रतिको लगाव र मेहनतको प्रशंसा गरिएको थियो ।

कार्यक्रममा सहभागी अभिभावक, शिक्षक तथा स्थानीय तहका प्रतिनिधिहरूले विद्यार्थीले प्रदेश तथा राष्ट्रिय स्तरमा पनि सफलता हासिल गर्ने विश्वास व्यक्त गर्दै विजेता टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।