लियो क्लब अफ तनहुँद्वारा योग पशिक्षण गरिदै कार्यक्रम

दमौली,तनहुँ

लियो क्लब अफ तनहुँले स्वास्थ्यमा केन्द्रित रहेर  योग प्रशिक्षण र मेडिटेसन क्याम्प आयोजना गरेको छ।

कार्यक्रम २०८२ मंसिर २५ गते ब्रम्हाकुमारी राजयोग सभाहलमा हुनेछ।कार्यक्रमले युबाहरुमा तनाव नियन्त्रण, आत्मअनुशासन र मानसिक सुदृढताबारे उपयोगी अभ्यास गराउने लक्ष्य राखेको क्लबका अध्यक्ष रोबिन श्रेष्ठले जानकारी दिए ।

प्रशिक्षकले सहभागीलाई दैनिक जीवनमा प्रयोग हुने योग आसन र ध्यान विधिबारे प्रशिक्षण दिने कार्यक्रम
संयोजक मुकेश बिडारीले बताए।
आयोजकले सहभागिताले व्यक्तिगत स्वास्थ्यमा सुधार हुने विश्वास व्यक्त गरेका छन्।