बेलचौतारामा दुरघटना हुँदा एक जनाको मृत्यु

दमौली,तनहुँ 

तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा मिनि ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

दुलेगौंडाबाट खैरेनीटारतर्फ आउँदै गरेको ग १ क १८४५ नम्बरको मिनि ट्रकले बाटो क्रस गरिरहेकी ३७ वर्षीया देवी तिवारी पौडेललाई ठक्कर दियो। पौडेल  गम्भीर घाईते भएका थिए। प्रहरीका अनुसार टाउकोमा चोट लागेकाले बोल्न नसक्ने अवस्था थियो।

घाईतेलाई तत्काल उपचारका लागि जि.पी. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटा पठाइएको थियो। अं.१९:०० बजे उपचारको क्रममा चिकित्सकले पौडेललाई मृत घोषणा गरेका छन्।

प्रहरीले मिनि ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। घटना सम्बन्धी थप अनुसन्धान भैइ राखेको प्रहरीले जनाएको छ।