व्यवसायी सुनारले गरे दिपक मा.बि.मा अक्ष्यकोष स्थापना

दमौली, तनहुँ। तनहुँको  ऋषिङ्ग गाउँपालिका-१मा अवस्थित श्री दिपक माध्यमिक बिधालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई अध्ययनमा सहजता ल्याउन निम्ति व्यवसायी गोविन्द सुनारले बिधालयमा छात्रवृत्ति कोष स्थापना गरेका छन्।

images

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर थापाले बताए अनुसार येस बिधालयका पूर्वविद्यार्थी रहेका सुनारले गरेका स्थापना गरेका कोषले हरेक शैक्षिक सत्रमा कमजोर आर्थिक पृष्ठभूमिका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिनेछ।

images

कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले  यस्तो पहलले शिक्षामा समान पहुँच सुनिश्चित गर्न मद्दत गर्ने बताए। उनले विद्यार्थीलाई पढाइमा निरन्तरता दिन अभिभावक र समुदायबाट येस्तो सहयोग आवश्यक रहेको पनि उल्लेख गरे।

images images

सुनारले आफ्नो स्व बिभा माया बि.क.को स्मरणमा गोविन्द करिश्मा नामको अक्ष्यकोष स्थापना गरे। सुनारले पच्पन्न हजार पाँच सय पच्पन्न को स्थापना गरेका हुन् । सुनारका अनुसार शिक्षा जस्तो महत्त्वपूर्ण विषयमा पैसाको अभावले कोहि पनि शिक्षाबाट बन्जीत हुने अवस्था नआवोस भनेर मैले हजुरआमाको स्मरणमा यो अक्ष्यकोष स्थापना गरेको हो ।

images

विद्यालयले आगामी वर्षदेखि उत्कृष्ट र अनुशासित विद्यार्थीका लागि पनि पुरस्कारको व्यवस्था गर्ने जनाएको छ।