दमौली,तनहुँ

युवा सामाजिक अभियन्ताका रूपमा प्रचलित महम्मद गफ्फार(सुदिप) र समुहले तिहार मा देउसी भैलो खेलेर उठेको ७३ हजार रकमबाट विपन्न विद्यार्थीहरूलाई स्वीटर ,टोपी र मोजा वितरण गरेका छन् ।
तनहुँ ब्यास -५ स्थित चिन्तुटार मा रहेको श्री शुक्र आधारभुत बिधालयमाअध्ययनरत ३० जना विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजाहरु वितरण गरेका छन्।
प्रमुख अतिथि हिमाल श्रेष्ठले मानव सेवा नै सबै भन्दा ठुलो धर्म रहेको उल्लेख गर्दै तिहारमा देउसि भैलो खेलेर गरिब र जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा बितरण कार्यको प्रसंशा गर्दै येस्ता कार्य लाई हामि सबै मिल्लेर सहयोग गर्न आवशयक रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक टिकाराम दाहालले भने, “सामाजिक जिम्मेवारी बोध भएका युवाहरूले शिक्षा क्षेत्रमा देखाएको सहयोग प्रशंसनीय छ। यस्तो सहयोगले विद्यार्थीहरूमा पढाइप्रतिको रुचि बढाउँछ र उनीहरूमा आत्मबल पनि जगाउँछ।”


गफ्फारका अनुसार तिहार मा देउसि भैलो खेलेर ७३ हजार संकलन भएको र उक्ता रकमले विपन्न विद्यार्थीहरूलाई स्विटर ,टोपी र मोजा सहयोग गर्ने ,आज बाट अभियान न्यानो सुरु भएको जानकारि दिएका छन्।

सुशील लामगादे बि.क. 









