संविधान दिवसको अवसरमा नेविसं तनहुँद्वारा दिप प्रज्वलन

दमौली, तनहुँ
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ११ औं संविधान दिवस २०८२ साथै ऐतिहासिक जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेविसंघ तनहुँ परिवारद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेविसंघ तनहुँका नेता सोन आले मगरको नेतृत्वमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।
सो अवसरमा प्रमुख अतिथि अनुप रानाले शहीदहरूको सपना साकार पार्न युवाले एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा नेविसंघका पदाधिकारी तथा स्थानीय युवाको उपस्थिति थियो।