सुनमा नयाँ कीर्तिमान :तोलाको  दुई लाख नाघ्यो

तनहुँ  नेपाली बजारमा सुनको मूल्य तोलाकै २ लाख पुगेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य बढेर २ लाख नाघेको हो ।

यो मूल्य हालसम्मकै उच्च हो । सुनको मुल्य तोलामा १२ सयले बढेको छ भने चाँदी ५ ले बढेको छ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख १ सय निर्धारण भएको छ ।

चाँदी दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ । हिजो एक तोला सुन एक लाख ९९ हजार ४००मा किनबेच भएको थियो भने चाँदी रु दुई हजार ३५० मा कारोबार भएको थियो ।